दफा ५०
हुलाक महसुल नतिरेको हुलाक वस्तुहरु जालसाजी गरी पठाउनेलाई सजाय
: हुलाक अड्डाको कर्मचारीले यो ऐन अन्तर्गत तोकिएको तरीका अनुसार हुलाक महसुल तिर्नुपर्ने नतिरेको वा असूल गर्नुपर्ने नगरिएको कुनै हुलाक वस्तुलाई जालसाजी गर्ने नियतले हुलाकबाट चलान गरेमा वा हुलाक थैलामा राखेमा, निजलाई बढीमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म वा दुवै सजाय हुनेछ ।